ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पा | मंसिर ९, २०८०
तस्बिर फाइल
पाल्पा: पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरका चालक पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडाका ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार साढे तीन बजेतिर पूर्वखोला–५, को कर्नेडाँडा पोखरीछाँपदेखि भित्री सडकतर्फ जाँदै गरेको लु४त ६५५३ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

